मन्थली नगरपालिकाद्वारा समाजसेवी प्रदिप घिमिरे (अमूल्य) सम्मानीत

0
332

मंशिर १९/
रामेछाप जिल्लाको मन्थली नगरपालिकाले समाजसेवी प्रदिप घिमिरे (अमूल्य) लाई सम्मान गरेको छ । मन्थली नगरपालिकाले ९ औँ स्थापना दिवसका अवसर पारेर समाजसेवी घिमिरेलाई सम्मान गरेको हो । उनलाई नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतले सम्मानपत्र हस्तान्तरण गरेकी थिइन् ।
काठमाडौँका सडकपेटीमा जीवन बिताइरहेका गरीब, दुःखी तथा असहाय व्यक्तिहरुलाई कोरोनाको समयदेखि नै खाना खुवाउँदै आएका समाजसेवी घिमिरेलाई नगरपालिकाले सम्मान गरेको हो ।
मन्थली वडा नं. ४ का घिमिरेले गरेको कामको उच्च मुल्याङ्कन गर्दै नगरपालिकाले उनलाई सम्मान गरेको उपप्रमुख बस्नेतले जानकारी दिइन् ।
सम्मान ग्रहण गर्दै घिमिरेले आफ्नो यो जिवनको यात्रामा समाजसेवा गर्नबाट आफु पछि नहट्ने बताए । नगरपालिकाले गरेको सम्मानप्रति धन्यवाद ज्ञापन गर्दै उनले समाजका लागि आफु हरपल अघि सर्न तयार रहेको बताए ।
विभिन्न क्षेत्रमा अनुभव बटुल्दै आएका घिमिरे अहिले समाजसेवा र साहित्यिक क्षेत्रमा अग्रसर रहेका छन् । समाजमा रहेका हरेक नेपाली जनताहरुलाई आफुले जसरी सेवा गर्न सकिनछ, त्यसरी नै सेवा गर्न उनले आग्रह समेत गरेका छन् ।
धर्म, कर्ममा विश्वास गर्ने र अलि भावुक भएका कारण आफुले कसैको पनि आखाँमा आँसु देख्न नसक्ने उनको भनाई छ ।
घिमिरे सक्रिय युवा समाजसेवी साथै एक कुशल लेखक पनि हुन् । उनले विभिन्न विषयमा कलम चलाउँदै आएका छन् ।
प्रदेश १ मा प्रत्यक्ष तथा समानुपातिक तर्फको मतगणना सम्पन्न भएसँगै सरकार निर्माणको जोड घटाउमा दलहरु केन्द्रित ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here