गुजरातमा विधानसभा चुनाव : ५८ प्रतिशत मत खस्यो

0
126

काठमाडौं। गुजरात विधानसभाको दोस्रो चरणको मतदान सम्पन्न भएको छ । दोस्रो चरणमा राज्यका १४ जिल्लाका ९३ सिटका लागी आज मतदान भएको हो । स्थानीय समय अनुसार आज बिहान ८ बजेबाट सुरु भएको मतदान साँझ ६ बजे सम्पन्न भएको छ । प्रारम्भिक आँकडा अनुसार ५८ प्रतिशत बढी मत खसेको छ ।

यद्यपि अन्तिम विवरण आउन भने बाँकी छ । मतदान केन्द्रमा प्रवेस बन्द भइसकेपनि केन्द्र भित्र प्रवेस गरेकाहरुले मतदान गरीरहेकाले अन्तिम विवरण आउन बाँकी रहेको भारतीय संचार माध्यमले जनाएका छन् । पहिलो चरणमा जस्तै यसपटक पनि शहरको तुलनामा ग्रामीण इलाकामा बढी मत खसेको छ ।

औषतरुपमा सबैभन्दा बढी साबरकांठा जिल्लामा ६५ प्रतिशत मत खसेको छ भने अहमदाबादमा सबैभन्दा कम ५३ प्रतिशत मत खसेको जनाइएको छ । दोस्रो चरणको निर्वाचनमा ९३ सिटका लागि ८३३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । चुनाव सम्पन्न भएसंगै अब प्रारम्भिक नतिजा आउन सुरु गर्ने छ ।

हिमाचल प्रदेशमा १२ नोेभेम्वर मा एकै चरणमा मतदान सम्पन्न भएको थियो । दुबै राज्यको नतीजा डिसेम्बर ८ अर्थात ७२ घंटा पछि आउने जनाइएको छ । मतपरिणाले यसपटक दुबै राज्यमा भाजपा फर्कने या कांग्रेस र आम आदमी पार्टी कसले बाजी मार्छ त्यसको तय गर्ने छ । यसको साथै दिल्ली नगर निगम चुनावको पनि अनुमान लगाउन सहज हुने छ ।

यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादको राणिप इलाकामा मतदान गरेका छन्। मतदान गर्न राणिप पुगेका मोदीलाई बाजागाजासहित स्वागत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here