विश्वकप : फ्रान्स क्वाटरफाइनलमा प्रवेश

0
156

काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा फ्रान्सले जित निकालेको छ ।
अल थुमामा स्टेडियममा फ्रान्सले पोल्याण्डबिरुद्ध ३–१ को जित निकोलेको हो।

खेलको ४४ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै फ्रान्सलाई १-० गोलको अग्रता दिलाएका थिए।

उनले केलियन एमबाप्पेको पासमा सहज गोल गरे ।  

यस गोलसँगै जेरुडले फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।  

जेरुडको यो फ्रान्सका लागि ५२ औं गोल हो ।

जेरुडले थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान तोडेका हुन् ।

खेलको ७४ औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै २-० काे अग्रता दिलाए।

खेलको इन्जुरी समयमा एमबाप्पेले थुरामको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गरेपनि फ्रान्स ३-१ ले विजयी भयो ।

याेसंगै साविक विजेता फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब फ्रान्सले अन्तिम आठमा इंग्ल्यान्ड र सेनेगलबीचको विजेतासँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here