सञ्चारमन्त्रीको क्षेत्रमा मतगणना अनिश्चितकालका लागि स्थगित

0
125

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनिश्चितकालका लागि मतगणना स्थगित गरेको छ ।

सर्वदलीय र सर्वपक्षीय छलफलमा विवाद हुँदा मत गणना कार्यको सहज वातावरण नभएको भन्दै  मतगणना रोकिएको हो ।

कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि त्यहाँ विवाद सुरु भएको छ । यो ठगीमा विदेशी कम्पनीहरू संलग्न रहेको अफवाह छ https://slotogate.com/pt/casino/novos/

शुक्रबार राति मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको आरोप कार्कीले लगाएका थिए ।

कार्कीको आरोपपछि निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेको थियो । तर त्यसमा कुनै सहमति नभएपछि मतगणना नै अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here