समानुपातिकमा केही पार्टीको मत वृद्धि अस्वाभाविक भएको भन्दै चनाखो बन्न ओलीको निर्देशन

0
150

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिएको भन्दै चनाखो बन्न कार्यकर्ता पङ्क्तिलाई  आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो आग्रह गरेका हुन् । उनले सामाजिक जन्जाल फेसबुकमा लेखेका छन् ,’ समानुपातिक मतगणना भइरहेको छ। सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ।  जिल्ला जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस् । मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here