बुढिनन्दा-५ मा शान्तिपुर्ण मतदान, खस्यो ५९७ मत

0
164

बाजुरा। बाजुराको बुढिनन्दा ५ मा शनिबार भएको पुन: मतदानमा ५ सय ९७ मत खसेको छ । यो ५९ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

मंसिर ४ गते कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपका कारण स्थगित भएको मतदान शनिबार शान्तिपूर्ण सम्पन्न भएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ । 

९ सय ९९ मतदाता रहेको मतादन केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेका थिए । निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार २ सय ८५ जना महिला र ३ सय १२ पुरुषले मतदान गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here