कसरी हुन्छ मतगणना ? यस्ता छन् प्रक्रिया

0
305

प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन अधिकांशमा स्थानमा सकिएको छ । मतदान सकिएको मतदान केन्द्रबाट मतगणना स्थलमा मटपेटिका ल्याउने कार्य जारी छ । मतपेटिका मतगणना स्थलमा पुगेपछि अधिकांश निर्वाचन क्षेत्रको मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

मतगणनालाई विवादरहित र प्रभावकारी बनाउनका लागि निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ जारी गरिसकेको छ । गत भदौ २७ गते निर्वाचन आयोगबाट स्विकृत भएको निर्देशिका शनिबार मात्रै पहिलो संशोधनमार्फत संशोधन पनि भएको छ ।

निर्देशिकाअनुसार प्रत्यक्षको मतगणनामा उम्मेदवार वा उसको प्रतिनिधि बस्न पाउँछन् भने समानुपातिकको मतगणनामा दलको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि रहने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here