मतपेटिका असुरक्षित छन्, डडेल्धुरावासी नसुत्नुस्: सागर ढकाल

0
326

काठमाडौं। डडेल्धुराका प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार सागर ढकालले बुथको बाकसमा आफ्नो प्रतिनिधि राख्न नदिएको गुनासो गरेका छन् ।

उनले डडेल्धुराका जनताहरूले आफ्नो मतको सुरक्षा गरिदिन आग्रह गरेका हुन्। ढकालले सत्तापक्षबाट चलखेल हुनसक्ने भन्दै जंगलको बाटोमा झन् धेरै ख्याल गर्न आग्रह गरे।

बुथको बाकस बोकेर लैजाने जिम्मा सबै प्रशासनलाई जिम्मा दिने हो भने हामी यत्रो उम्मेदवार लड्नु नलड्नुको अर्थ के भयो ? भनेर प्रश्न समेत गरेका छन्।

सत्ता गठबन्धन भन्दा बाहिरको एजेन्ट एक जना नराखी गाडी लगे भने के गर्ने ? भनेर प्रश्न गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here