इक्वेडरको एक कारागारमा कैदीबन्दीबीच झडप हुँदा १० जनाको मृत्यु

0
188

काठमाडौं। इक्वेडरको राजधानी क्विटोको कारागारमा कैदीबन्दीबीच भएको झडपमा १० जनाको मृत्यु भएको छ । कारागारमा रहेका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने विषयमा विवाद भएपछि यो घटना भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

इक्वेडरमा कारागारमा रहेका कैदीबन्दीको सुरक्षा चुनौतीपूणर् बन्दै गएको सरकारी अधिकारीहरुले बताएका छन् । गत वर्ष पनि विभिन्न कारागारमा झडप हुँदा ४ सय जना कैदीबन्दीको मृत्यु भएको थियो ।

विभिन्न आपराधिक घटनामा संलग्न भएर जेल सजाय भोगिरहेका कैदीहरुले कारागारमै एकअर्कालाई आक्रमण गर्ने गरेको जनाइएको छ ।

केही साताअघि मात्रै सरकारले २ हजार भन्दा बढी कैदीलाई सुरक्षित कारागारमा स्थानान्तरण गरेको थियो ।

विभिन्न हिंसात्मक गतिविधिमा संलग्न भएकाहरुलाई राखिएका कारागारहरु असुरक्षित भएपछि कैदीबन्दीलाई पटक-पटक स्थानान्तरण गर्नुपरेको सरकारी अधिकारीहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here