निर्वाचनको मुखैमा सार्वजनिक भ्रामक सूचनालाई लिएर सत्ता गठबन्धनभित्र हलचल

0
128

काठमाडौं। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले सामाजिक सञ्जालमा प्रेषित सूचनाप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् ।

दुवै पार्टीका मुख्य सचिव श्रीराम ढकाल र कृष्णप्रसाद पौडेलले संयुक्त विज्ञप्ति जारी गरेर नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाप्रति दुवै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए।

निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूणर् षडयन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको उल्लेख गरिएको छ । विज्ञप्तीमा यस्ता भ्रमपूणर् र मिथ्या सूचनामा विश्वास नगर्न आम नागरिकमा आह्वान समेत गरिएको छ ।

संयुक्त विज्ञप्तिमा यस्तो सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई निर्वाचन अपराधका रूपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कानुनी कारबाहीका लागि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराइएको छ ।

अपराधपूणर् यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि समेत सरकारसँग माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here