विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकार कुण्ठित पारियो : रवि लामिछाने

0
238

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रवि लामिछानेले विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकार कुण्ठित पारिएको बताएका छन् ।  बिहीबार चितवनमा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

‘विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकारलाई कुण्ठित गरेर राखिएको छ । हामीले जितेपछि तपाईंहरुको भोट हाल्ने अधिकार सुनिश्चित गर्न कानून बनाउनेछौं’, उनले भने ।

उम्मेदवार लामिछानेले विदेशबाट फर्किएका नेपाली नागरिकलाई देश फर्किँदा भिभिआइपी प्रमाणपत्र दिएर सम्मानका साथ एयरपोर्टमा आफैं रिसिभ गर्न आउनेसमेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here