इरानको प्रदर्शनमा अज्ञात समुहद्वारा गोली प्रहार, पाँच जनाको मृत्यु

0
279

काठमाडौं। इरानमा जारी प्रदर्शनका क्रममा अज्ञात बन्दुकधारीले प्रदर्शनकारी र सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा पाँच जनाको मृत्यु भएको छ ।इरानको खुजेस्तान प्रान्तको एक बजारमा भएको गोलाबारीमा १० जना घाइते भएका छन् ।

इरानको खुजेस्तानको इजेह शहरको सेन्ट्रल मार्केटमा दुईवटा मोटरसाइकलमा आएका अज्ञात बन्दुकधारी समुहले अन्धाधुन्ध गोली प्रहार गरी फरार भएका थिए ।

अहिलेसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मा लिएको छैन । यसअघि गत अक्टोबर २६ मा इस्लामिक स्टेटले इरानको शिराज शाह चेराघ समाधिस्थलमा आक्रमण गर्दा १३ जनाको मृत्यु भएको थियो ।

ड्रेस कोड उल्लंघन गरेको आरोपमा ३ दिनका लागि हिरासतमा लिएकी इरानी मुश्लिम महिला महसा अमिनीको हिरासतमै मृत्यु भएपछी देशभर चर्केको प्रदर्शन अहिले पनि जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here