नेपालले जित्यो यूएईविरुद्धको एकदिवसीय सिरिज

0
224

युनाईटेड अरब ईमिरेट्स (युएई) विरुद्धको ३ खेलको श्रंखला नेपालले जितेको छ । शुक्रबार किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले तीन खेलको एकदिवसीय श्रृङखला २-१ ले जितेको हो ।

यूएईले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १ सय ८० रन बनाउन सफल भयो ।

शुक्रवार सम्पन्न श्रृङखलाको निणर्ायक खेलमा नेपालका आरिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । आसिफले अविजित ८८ रनको इनिङ खेले । उनले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग १ सय २२ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र ३४ रन बनाएर आउट भएका थिए । यस्तै, कप्तान रोहित पौडेलले १० र अर्जुन साउदले ९ रन बनाए ।

यूएईको बलिङमा हजरत बिलाल आर्यान अफ्जल खान यसअघि, ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा १ सय ७६ रनको योगफल तयार गरेको थियो ।

तीन ओभरको समाप्तिमै महत्त्वपूणर् तीन विकेट गुमाएको यूएईका लागि कुलश भुर्तेलको बलमा बोल्ड आउट हुनु अघि अलिसन शरार्फुले ३३ रन बनाएका थिए ।

यस्तै, रोहन मुस्तफाले २४ रन र ओपनर मोहमद वासिमले ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन नसकेको अवस्थामा तल्लो क्रमका ब्याटर हजरत बिलाल र आर्यानले युएईको इनिङ सम्हालेका थिए ।

३१.१ ओभरमा यूएई ९३-९ को अवस्थामा थियो । त्यसपछि क्रिजमा आएका आर्यानले हजरतसँग ८३ रनको साझेदारी गर्दै यूएईको इनिङ उकासेका थिए । उनले अविजित ५४ रनको महत्त्वपूणर् इनिङ खेले । हजरतले २० रन जोडे ।

नेपालको बलिङमा गुलसन झा र दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले दुई/दुई विकेट लिए भने, सोमपाल कामी, ललित राजवंशी रे समान एक विकेट लिए ।

तीन खेलको श्रृङखलामा पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा यूएईलाई तीन विकेटले हराउँदै श्रृङखला बराबरी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here