दक्षिणी नर्बेमा साहित्यिक साँस्कृतिक कार्यक्रम

0
243

असोज २१/
दक्षिणी नर्बेमा बसोबास गरिरहेका नेपालीभाषी भुटानी र नेपालीहरूले संयुक्त रुपमा दशैं तिहार शुभकामना आदान प्रदान साथै साहित्यिक, साँस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् ।
दक्षिणी नर्बेको सुन्दर शहर सियनमा सेप्टेम्बर १ तारिखका दिन सम्मपन्न कार्यक्रममा साहित्यकार डिल्लीराम आचार्यको उपन्यास ‘उच्छेदन’ र थुक्तेन ड्रुक्पाको गजल संग्रह ‘फर्केर पुर्व’ माथि पनि चर्चा परिचर्चा भएको थियो । दुवै कृतिमाथि स्रष्टा प्रकाश आङदेम्बेले बिचार राखेका थिए ।
कार्यक्रममा साँस्कृतिक नृत्य, साहित्यिक रचना बाचनका साथै नेपालीभाषी समाजका अग्रज पुस्ताहरूलाई खदा लगाएर सम्मान गगिएको थियो ।
“नर्वेमा उसै पनि नेपालीहरू कम छौं । सबै आ-आफ्नो कामले व्यस्त पनि भइन्छ तर बेलाबेला यसरी कार्यक्रम गर्दा आफ्नो भाषा, सँस्कृतिलाई टेवा पुग्छ ।” आयोजक सदस्य छबि आचार्यले भने । हेमा चापागाईको संचालन, थुक्तेन डुक्पाको प्रमुख आतिथ्य र मोहन सुब्बाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here