अमेरिकाको गायन रियालीटी शोमा नेपाली मुलकी परिजीता बाँस्तोलाको दमदार प्रस्तुती

0
268

अर्जुन प्रधान/असोज १२

अमेरिकाको ‘एनबिसी’ टेलिभिजनबाट प्रशारण हुने ‘द भ्वाईस’मा नेपाली मुलकी १७ बर्षिया परिजिता बास्तोलाले दमदार प्रस्तुती दिएकीछन् ।
द भ्वाईस’ले शोसल मिडियामा जारी गरेको भिडियोमा बास्तोलाले चारैजना कोचको ‘स्टाण्डिंग ओभेसन’ पाउन सफल भएकी छन् ।ल्याब्रिन्थ नामले परिचित अंग्रेजी गायक तिमोथी ली म्याकेन्जीको ‘जेलस’ बोलको गीत बास्तोलाले गाउँदा चारैजना कोचले मेच घुमाएकाछन् ।
उनको प्रस्तुतीपछि कोचहरु क्यामिला काबेलो, ब्लेक शेल्टन, ग्वेन स्टेफानी र जोन लिजेन्डले आफ्नो टीममा आउन आग्रह गरे यद्यपी उनलेपरिवारको सल्लाह लिएकी छन् । परिवारको सुझावअनुसार नै उनले टीम लिजेन्डलाई रोजेकी छन् ।

दुई दशकअघि नेपालको काठमाडौँबाट बास्तोला परिवार अमेरिका पुगेका थिए ।
उनले निर्णायकलाई आफुलाई नेपाली संगीतमा रुचि भएको बताएकी छन् । उनले चारैजना निर्णायकलाई रुद्राक्षको माला लगाईदिँदैनेपालबाट ल्याईएको बताएकी छन् ।
माता बिरा तिवारी, पिता पंकज बास्तोला र दिदि प्रियांका सहित अमेरिकाको मेरील्याण्डमा बस्दै आएकी उनले ४ बर्षको उमेरदेखि गीत गाउनसुरु गरेकी थिइन् ।
द भ्वाईसलाई संसारकै उत्कृष्ट गायन रियालिटी शोको रुपमा लिईन्छ । नेपालमा समेत यसको फ्रेन्चाईजी शो ‘द भ्वाईस अफ नेपाल’ सिजन -४ को प्रसारण भईरहेको छ र त्यसमा बिश्वाका नेपालिहरूको प्रस्तुतिले निकैचर्चित रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here