भुटानमा शान्ति निर्माण र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन अमेरिकाको न्यूयोर्कमा शान्ति र्याली सम्पन्न

0
895


 बिश्वा शान्ति दिबाशका दिन भुटानमा शान्ति निर्माण र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर २१ तारिक बुधवार संयुक्त राष्ट्र संघको कार्यलय अगाडि शान्ति र्‍याली सम्पन्न भएको छ।

‘द्वन्द्वबाट सहकारिता र कूटनीति’ नारा सहित हुने शान्ति र्‍याली शान्ति पहल भुटान (पीआईबी) को आयोजनामा भएको हो।संयोजक सुरज बुढाथोकीका अनुसार “नेपालमा रहेको क्याम्प तथा तेस्रो मुलुकमा रहेका भुटानीले भुटानमा रहेका परिवार तथा आफन्त सँग भेटघाट गर्न पाएका छैनन्। ‘हाम्रो परिवार भुटानमा छ, तर हामीलाईभुटान जान नदिनु पनि हिंसा हो, त्यसैले संयुक्त राष्ट्र संघको महासभाको अवसर पारेर हामीले शान्ति र्‍याली आयोजना गरेको हौ । ’ 

बुढाथोकीले नेपालको क्याम्पमा रहेका भुटानी शरणार्थीको विषयमा पनि दिगो समाधान हुनु पर्ने आफुहरुको माग रहेको बताए।  

‘महासभा भइरहेको समयमा विश्वका नेताहरुलाई हाम्रो समस्या के हो, भुटानमा शान्ति र हिंसाको अवस्था कस्तो छ भनेर अवगत होस भन्नेहाम्रो चाहाना हो।’ बुढाथोकीले भने। ‘भुटानीहरुको राम्रो भविष्यका लागि विश्व नेताहरुको ध्यानाकर्षण गराउने हो।’

शान्ति पहल भुटान (पीआईबी) का अनुसार अमेरिकामा एक लाख दश हजार भन्दा बढी भुटानी बस्छन्। यस्तै अन्य देशमा पनि १४ हजारभन्दा बढी छन्।  नेपाल र तेस्रो मुलुकमा रहेका भुटानीलाई भुटानमा रहेका परिवारका सदस्य तथा आफन्त सँग भेटघाट समेन हुन नसकेकोअवस्थामा त्यसलाई तोड्न शान्ति र्‍याली आयोजना गर्न लागिएको जनाइएको छ।

‘विदेशमा रहेकाहरु पारिवारिक विछोडका कारण  उच्चतम आत्महत्यालगायत असंख्य चुनौतीहरूको सामना गर्छन्, राष्ट्रिय स्तरमा, भुटानीकारागारहरूमा राजनीतिक कैदीको रूपमा आजीवन कारावास भोगिरहेका परिवारका सदस्यहरू, र शरणार्थीहरूको स्थिति विदेशी सहायताबिना अन्धकारमा छ।’ पीआईबीको विज्ञप्तीमा उल्लेख छ।

र्‍यालीका सहभागीहरूले विश्व नेताहरूलाई मानवअधिकारको रक्षा गर्न आग्रह गर्ने छन्। भुटानमा लोकतन्त्र, सकारात्मक शान्ति र मेलमिलापनिर्माण गर्न तथा विश्वास र आपसी समझदारीमा जन्म देशमा शान्ति पुग्ने आशामा भुटान सरकारबीच विद्यमान मतभेदलाई मिलाएर दिगोशान्ति गर्नु उद्देश्य रहेको जनाइएको छ।

बुढाथोकीका अनुसार पीस इनिसिएटिभ भुटान एक गैरसरकारी संस्था हो । यो ओहायोमा दर्ता छ।

भुटान सरकार र भुटानी डायस्पोरा बीच रहेको आपसी असमझदारीको खाडल कम गर्दै भुटान भित्र भुटानीहरु सँग सकारात्मक सम्बन्ध राख्नेलक्ष्य हासिल गर्न यो संस्था स्थापना गरिएको हो।

‘भुटानी युवा शान्ति स्थापना गर्न विश्व नेताहरूको समर्थन खोज्न र्‍यालीमा जाने छन्, किनकी उनीहरूले आफ्ना हजुरबा हजुरआमा, आमाबुबा र प्रियजनहरूलाई भेट्न सकून्, जो छोडिएका थिए’ विज्ञप्तिमा भनिएको छ।

सन् १९९० को शुरुवातमा जानीय विवेदको आधारमा लाखौं नेपालीभाषी भुटानीलाई देश छोड्न बाध्य पारिएको थियो। झण्डै दुई दशकनेपालमा कष्टकर रुपमा शरणार्थी जीवन व्यथित गरे पछि उनीहरुलाई तेस्रो देशमा पुरर्स्थापना गरिएको हो।

अझै पनि सयौं नेपाली भाषी भुटानीहरु नेपालमा शरणार्थीकै रुपमा छन्।

‘न्यायको लागि संघर्ष’ नारा दिइएको शान्ति र्‍यालीलाई ग्लोबल सिटिजन्स सर्कल, भुटानी क्मिनिटी अफ्  सेन्ट्रल ओहायो, गिरिजा प्रसादकोइराला फाउन्डेशन अमेरिका, हाउस अफ रिफ्युज, संयुक्त राज्य अमेरिका, विश्व योग समुदाय, र शरणार्थी सरोकारवालहरू सेवा गर्नेअन्य धेरै गैर–नाफामुखी संस्थाले र्‍यालीको समर्थन रहेको बुडाथीकिले जानकारी दिनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here