खुकुरी प्रहारबाट भूटानी शरणार्थी शिविर वेलडाँगीका एक व्यक्तिको मृत्यु

0
279

असोज ५/
ईलामको चुलाचुलीमा युवाहरुको खुकुरी प्रहारबाट दमकको वेलडाँगीमा रहेको भूटानी शरणार्थी शिविरका एक व्यक्तिको मृत्यु भएको छ । वेलडाँगी शिविरमा बस्ने एलबी गुरुङ नामले चिनिने ४६ बर्षीय लालबहादुर गुरुङलाई झापा र इलामको सिमा क्षेत्र रतुवाखोलाको पुल पारी आज अपरान्ह साढे ४ बजे तिर धारिलो हतियार प्रहार भएको थियो । गुरुङको खुट्टा र हातमा गहिरो चोट लागेकाले उपचारकोक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । गुरुङ माथि दमक र ईलामको चुलाचुली जोड्नैश झोलुङे पुल पारि पट्टि हतियार आक्रमण भएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक दिपिल गिरीले जानकारी दिनुभयो । गम्भिर घाईते गुरुङलाई लाइफलाइन अस्पताल ल्याईएकोमा उपचार सम्भव नभए पछि विर्तामोड स्थित वीएनसी अस्पतालमा लगिएको थियो । गुरुङको उपचारकैक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङलाई आक्रमण गर्ने युवाहरुको पहिचान भईसकेको भन्दै अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
गुरुङ यस अघि पटक पटक जेल सजाय भोगेर केही समय अघि शरणार्थी शिविरमा आएका थिए । गुरुङ चुलाचुली क्षेत्रका यूवाहरुसँग झगडा गर्न त्यस तर्फ गएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । गुरुङको हात र खुट्टामा गहिरो चोट लागेको घटना स्थलमा पुगेका शरणार्थी सुरक्षार्थ खटिएको शसस्त्र प्रहरी सुरक्षा वेश वेलडाँगीले जानकारी दिएको छ । मृतक गुरूङको श्रीमति र एक जना छोरा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here