अमेरिकामा विश्वभरि रहेका नेपाली प्रतिभाहरुको अनलाईन ट्यालेन्ट कम्पिटिसन हुँदै

0
286

असोज ४/
देशबिदेशमा छरिएर रहेका नेपाली प्रतिभाहरुको अनलाईन ट्यालेन्ट कम्पिटिसनको दोस्रो संस्करण आयोजना हुने भएको छ । देशबिदेशमा रहेका नेपाली प्रतिभालाई भर्चुअल अर्थात अनलाइनको माध्यमबाट छनौट गरि छानिने छ । राजधानी काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताकाबारेमा जानकारी राईएको हो ।
प्रतियोगितामा गायन, वाद्यवादन, नृत्य तथा कमेडीको प्रतिस्पर्धा हुने आयोजक हिमालयन म्युजिक एकेडेमी अमेरिकाका अध्यक्ष पुष्प गजमेरले जानकारी दिनुभयो । आफूहरु विदेशमा भएपनि नेपाली भाषा, संगीत, साहित्य र नेपालप्रति समर्पित रहेर प्रतियोगिताको आयोजना गर्न लागिएको उहाँले बताउनु भयो । कार्यक्रमले विश्वभर छरिएर रहेका नेपालीलाई आफ्नो भाषा, साहित्य, संगीत तथा कलाको माध्यमद्धारा एकीकृत हुन सघाउने आशा लिईएको अध्यक्ष गजमेरले बताउनु भयो ।
हाल विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली सन्ततीहरुलई समेत यस कार्यक्रमले नेपाल र नेपाली भाषा, कला, साहित्यप्रति आफ्नोपन जगाउँछ भन्ने उदेश्यसहित पहिलो संस्करण सुरु गरिएको अध्यक्ष गजमेरले कार्यक्रममा बताउनु भयो । कार्यक्रममा सहभागीहरुलाई मेन्टरद्धारा प्रशिक्षण गराई उत्कृष्ट पाँचको लागि अमेरिकामा नै लैजानले आयोजकको तयारी रहेको छ ।
अन्तिम प्रतिस्पर्धीले अमेरिकामा हुने कार्यक्रममा प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद र आफ्नो दक्षता भएको विधामा उच्च शिक्षाको लागि छात्रवृत्ति र अन्य पुरस्कारहरु पाउनेछन् । पत्रकार सम्मेलनमा अतिथिहरु बिशिष्ठ अभिनेता कृष्ण मल्ल र भुटानिज आर्टिष्ट म्युजिक एसोसिएसनका अध्यक्ष खेम रिजालले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।
एसोसिएसन अमेरिका र ड्रुक इन्टरनेसनल सितारिओ कराँते अफ अमेरिकाको सहकार्यमा हुने प्रतिस्पर्धाको अडिसन जुन १, २०२३ मा सुरु हुनेछ । कार्यक्रमका संचालक, बरिष्ठ संचारकर्मी अभिनेता तथा निर्देशक दिनेश डिसीले पुष्पको यो कदमको सबैले साथ दिनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा गीतकार संघका उपाध्यक्ष बसन्त बित्यासी थापा, समाजसेवी तथा निर्माण ब्यबसायी प्रकाश कुमार श्रेष्ठ लगायत अन्य बिशिष्ठ व्यक्तित्वहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here