पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प

0
168
तस्वीर : एपी

एजेन्सी- पपुवा न्युगिनीमा ठूलो भूकम्पको धक्का महशुस भएको छ ।

स्थानीय समयानुसार आइतबार बिहान ७:४६ बजे ७.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र ( सिईएनसी) ले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वी देशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ । भूकम्पपछि भत्किएका संरचनामा परि ५ जनाको मृत्यु भएको अल्जजिराले जनाएको छ । क्षतिको विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here