सन्दीप लामिछाने अध्यागमनको कालोसूचीमा, एयरपोर्ट पक्राउ गरिने

0
191
फाइल तस्वीर

काठमाडौँ- नाबालिकामाथि जबरजस्तीकरणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा परेका छन् ।

१७ वर्षीया नाबालिगमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्न कालो सूचीमा राखिएको विभागले जनाएको छ । विभागले कालोसूचीमा राखेलगत्तै उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिने तयारी पनि भएको विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी श्‍याम ज्ञवालीले जानकारी दिए ।

लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिएको थियो । लगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई निलम्बन गरेको थियो । उनी क्रिकेट खेल्न वेस्ट इन्डिज पुगेका छन् । आफू निर्दोष रहेको र केही दिनभित्रै नेपाल आएर कानूनी लडाइँ लड्ने उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here