युएस ओपनको उपाधि इगा स्वेटेकलाई

0
191

काठमाडौँ- विश्व नम्बर एक पोल्याण्डकी इगा स्वेटेकले युएस ओपन टेनिसको उपाधि जितेकी छिन् ।

इगाले ट्युनिसियाकी पाँचौं वरीयताकी ओन्स जाबेउरलाई हराउँदै महिलातर्फको उपाधि जितेकी हुन् । न्युयोर्कमा भएको फाइनलमा इगाले २-० को सोझो सेलमा हराइन् । उनले जाबेउरलाई ६-२ र ७-६(७-५) ले पराजित गरिन् । इगाले पहिलो पटक युएस ओपनको उपाधि जितेकी हुन् । इगाको यो तेस्रो ग्रान्डस्लाम उपाधि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here