अमेरिकामा हरिभक्त कटुवाल स्मृति दिवस

0
203

नेपाली भाषाका कवि तथा गीतकार हरिभक्त कटुवालको ४२सौं स्मृति दिवस अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स सहरस्थित थोमस जेफर्सन पुस्तकालयको सभाकक्षमा प्रमुख अतिथि नेपाली दूतावास अमेरिकाका उप नियोग प्रमुख कुमारराज खरेलले गर्नु भएको थियो । 
अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी प्रेरणाले स्वागत मन्तव्य दिनुहुँदै “प्रतिष्ठानले आधुनिक नेपाली साहित्यकारहरूको सम्झनामा कार्यक्रम गर्दै जाने बताउनु भयो ।

अमेरिका नेपाल साहित्य प्रतिष्ठानले आयोजना गरेको स्मृति दिवसलाइ सम्बोधन गर्दै कुमारराज खरेलले राजदूतावासले गर्नुपर्ने भाषा साहित्यको संवर्धनको यस्तो कार्यक्रम आयोजना गरेकोमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरूमा नेपाली दूतावास सहकार्य गर्न तत्पर रहेको वताउनु भयो ।

“प्रतिष्ठानले आधुनिक नेपाली साहित्यकारहरूको सम्झनामा कार्यक्रम गर्दै जाने बताउनु भयो ।प्रमुख अतिथिले फूलमाला तथा उपस्थित सबैले हरिभक्त कटुवालको तस्बिरमा पुष्पार्पण गर्नु भएको थियो ।”-अध्यक्ष गोविन्द गिरी प्रेरणा

कार्यक्रममा कृष्ण धरावासीले हरिभक्त कटुवालको सालिक झापामा अनावरण गरेको सम्झना गर्दै कटुवालको साहित्यिक योगदानको चर्चा गर्नु भयो ।
कार्यक्रममा वसन्त श्रेष्ठले हरिभक्त कटुवालको चिनारी प्रस्तुत गर्नु भएको थियो भने सो अवसरमा हरिभक्त कटुवालको गीत “ पोखिएर घामको झुल्का‘‘।” सुदिन अमात्यले प्रस्तुत गर्नु भएको थियो भने मञ्जु विमली, नीलकण्ठ सुवेदी, कृष्ण शर्मा तथा शिव लामिछानेले हरिभक्त कटुवालका कविताहरू वाचन गर्नु भएको थियो । हरिभक्त कटुवालका गीत गाउँदै, कविता वाचन गर्दै पुष्पा खनालले रोचक ढङ्गले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here