सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित

0
244

काठमाडौँ- राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने  निलम्बित भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले विहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको जनाएको छ । नाबालिगलाई बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी भएपछि क्यानले निलम्बन गरेको हो ।

काठमाडौं जिल्ला अदालतले बिहीबार सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । प्रहरी बृत्त गौशालामा मंगलबार एक बालिकालाई बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी परेको थियो ।

सन्दीपले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोटमा दिनभर घुमाएर फर्किएपछि काठमाडौंको एक होटलमा राति जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

सन्दीप हाल वेस्ट इन्डिजमा रहेका छन् । सन्दीप जमैका तालाबाजबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here