अमेरीकाको बोस्टनमा मोती जयान्ती मनाईयो

0
224

भदौ २३
अमेरीकाको बोस्टन मेट्रो वेस्टमा रहेको नरउड शहरमा मोती जयान्ती मनाईएको छ । कालीभक्त कृष्णा पन्त प्रतिष्ठान र बोस्टन अनेसासको संयुक्त आयोजनमा मोती जयान्ती अन्तर्राष्ट्रिय संयोजक महेश्वर पन्तको संयोजकत्वमा मनाइएको छ ।
साहित्यकार गोबर्धन पूजाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संयोजक पन्तले गजल गाउनु भएको थियो । प्रमुख अतिथि गोबर्धन पुजाले मोती जयन्तीका बारेमा मन्तव्य सहित मोती राम भट्टका गजल बारे र अन्तराष्ट्रिय नेपाली साहित्य समाजका बारेमा आफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रममा बालकलाकारहरु शारन्या निरौला, शादभी कार्कीको नाच र सोनाली राजभन्डारिको गायनमा ‘जहाँ छन् बुद्धका आँखा’ भन्ने बोलको गीत प्रस्तुत गरिएको थियो । साथै लोक दोहोरी गायक दिपेश बजगाँइ, कृष्ण पौडेल, निरू गेलाल, टुकादेवी उपाध्याय आदिको गीतमा सबै नाचेका थिए ।
उक्त कार्यक्रममा कालीभक्त प्रतिष्ठनको तर्फबाट नवनिर्वाचित अनेसासका अध्यक्ष गोबर्धन पूजा, अन्तर्दिष्टिका प्रधान सम्पादक लालगोपाल सुबेदि र अनेसास बोस्टनका अध्यक्ष दीपा राइ पुनलाई खादा ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रम अनेसास बोस्टन अध्यक्ष दीपा राइ पुनको अध्यक्षतामा सम्पन्न भएको हो । अतिथि, अनेसासबाट प्रकाशन हुने पत्रिका अन्तर दृष्टिका प्रधान सम्पादक लाल गोपाल सुवेदीले मोतीको बारेमा सभालाई जानकारी दिँदै आफ्नो कविता बाचन गर्नु भएको थियो । त्यसैगरी अनु शाह, भिम प्रसाद उपाध्याय, थानिरत्न कँडेल, नविन उप्रेती, केदार गौतम, सानु बर्मा अधिकारी, दीपा राइ पुन, गोवर्धन पूजा र प्रकाश खाडले कविता प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमको शभाहलमा- जिबिएनसि, बस्टनका अध्यक्ष- मिलनकुमार कार्कि, नरवुड मेट्रोवेष्टका अध्यक्ष- सुरेश ढकाल, नरवुड कृयाशिल महिला समुह अध्यक्ष- सानु बर्मा, राजमित्र प्रितिष्ठानका सम्रक्षक- सुशिल नेपाल, बिडिए अमेरिका म्यासाचुसेट्स च्याप्टरका संयोजक बिरोचन नेपाल लगायतका साहित्यकार र साहित्यानुरागीहरुको उपस्थिति थियो ।
कार्यक्रममा खाना र सबै नगद दान गर्नेहरुलाई शभा बिसर्जन गर्दै शभाध्यक्ष दीपा राइ पुनले धन्यवाद दिनु भएको थियो । कार्यक्रम अनेसासका सह-सचिव प्रकाश खडकाले संचालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here