चीन भूकम्प : मृतक संख्या ६५ पुग्यो

0
179
तस्वीर : सीएनएन

काठमाडौँ- चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार गएको भूकम्पपछि कम्तीमा ६५ जनाको मृत्यु भएको छ ।

सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा ६.६ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ।

प्रान्तीय राजधानी छेन्दुमा भूकम्पका कारण लाखौं मानिस घरभित्रै थुनिएका थिए भने नजिकैको शहर चोङकिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दालाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here