काठमाडौँ- बाल यौन दूराचारको अभियोगमा अभिनेता पल शाहलाई जिल्ला अदालत नवलपुरले साढे दुई वर्षको कैद सजाय सुनाएको छ ।
बाल यौन दुराचारको मुद्दामा दोषी ठहर गर्दै शाहलाई साढे दुई वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाइएको हो। शाहलाई बलात्कारको मुद्दामा भने सफाइ दिएको छ ।
गत चैतमा शाहलाई नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरिए पनि बलात्कार मुद्दामा दोषी नदेखिएपछि सफाई पाएका हुन् ।
न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा २ वर्ष ६ महिना जेल सजायसहित पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसला गरेको हो ।