काठमाडौँ- महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले शानदार शुरूवात गरेको छ ।
नेपालले घरेलु मैदानमा आयोजना भईरहेको छैटौं संस्करण अन्तरगत मंगलबार भएको खेलमा भुटानलाई ४-० गोल अन्तरले हराउँदै नेपालले शानदार शुरूवात गरेको हो ।
नेपाललाई जित दिलाउन सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गरे ।
जितसँगै समूह ‘बी’ को नेपालले ३ अंक जोडेको छ । अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता छ ।