जो बाइडेन अमेरिकाकै दुश्मन हुन् : ट्रम्प

0
152
फाइल तस्वीर

काठमाडौँ- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति जो बाइडेनमाथि खनिएका छन् ।

निज निवासमा संघीय अनुसन्धान ब्युरो एफबीआईले छापा मारेपछि ट्रम्प बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिएका हुन् । उनले बाइडेन देशकै दुश्मन भएको टिप्पणी गरेका छन् ।

एफबीआईले अगस्ट ८ मा फ्लोरिडा राज्यको पाम बिचमा रहेको निज निवास मार अ लागोमा छापा मारेपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेका ट्रम्पले आफ्नो निवासमा गरिएको अनुसन्धानलाई ‘न्यायको धोखाधडी’ भन्दै यसले ‘कसैले कहिल्यै नदेखेको परिणाम’ ल्याउने चेतावनी दिए । ट्रम्पले भने, ‘अमेरिकी स्वतन्त्रतामाथिको वास्तविक खतराको योभन्दा ज्वलन्त उदाहरण अरु केही हुन सक्दैन, जतिबेला केही साताअघि प्रशासनले शक्तिको चरम दुरुपयोग गर्‍यो ।’

बीबीसीका अनुसार ट्रम्पले पेन्सलभेनिया राज्यको विल्क्स–ब्यारे शहरमा आयोजित र्‍यालीमा समर्थकहरूलाई भने, ‘कानूनको घोर दुरुपयोगले यसअघि कसैले कहिल्यै नदेखेको प्रतिक्रिया ल्याउन लागिरहेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here