भारतीय सेनाध्यक्ष नेपालमा, मनार्थ महारथीले सम्मान गरिने

0
165

काठमाडौँ- भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिनको नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौँ आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत अभिवादन गरे  । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपाल आएका उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।

नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम प्रचलन रहिआएको छ । विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो ।

विसं २०२६ मा तत्कालीन  नेपाली सेनाका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलोपटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको पदवी पाएका थिए । अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी ग्रहण गरिसकेका छन् । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले यस्तो सम्मान प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here