भाजपा नेता सुखवीरको हत्या

0
215

एजेन्सी- भाजपा नेता सुखवीरको गोली हानी हत्या भएको छ ।

बिहीबार भारतको हरियाणाको गुरुग्राममा कपडाको शोरूममा गएका सुखवीरलाई पाँच जनाको समूहमा आएको  बन्दुकधारीहरूले गोली हानेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

भाजपा नेता  तथा सोहना मार्केट कमिटीका पूर्व अध्यक्ष सुखबीरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  सुखवीर मुख्यमन्त्री मनोहरलाल खट्टरको निकटका व्यक्ति रहेको बताइएको छ । गुडगाउँ प्रहरीले सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा अनुसन्धान शुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here