लम्बियो राणाको बयान, १९ गते फेरि डाकियो

0
215

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बयान लम्बिएको छ ।

महाभियोग सिफारिस समितिले बुधबारदेखि उनको बयान थाले पनि सबै प्रश्नावली सोध्न सकिएको छैन । समितिले जबरालाई ४३ वटा प्रश्न तयार गरेको छ । दोस्रो दिनसम्म उनलाई ६ वटा मात्र प्रश्न सोधिएको छ ।

बयान नसकिएकाले उनलाई फेरि यही भदौ १९ गते डाकिएको छ । सिंहदरबारमा बसेको समितिको बैठमा बिहीबार दुई वटा प्रश्नमा मात्र छलफल भएको छ ।

बयानपछि समितिका सदस्य मीन विश्वकर्माले आजको पाँचौँ र छैटौँ प्रश्न अलि लामो र व्याख्यात्मक भएकाले समय लागेको जानकारी दिए । “प्रश्नहरु पनि लामै थिए, प्रधानन्यायाधीशको जवाफ पनि लामो नै रह्यो, प्रश्न, प्रतिप्रश्न हुने क्रम भइरह्यो”, उनले भने, “राणालाई न्यायसम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको र न्यायसम्पादनको प्रक्रियामा भ्रष्टाचार केन्द्रित प्रश्न सोधिएको थियो ।”

बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश राणाले महाभियोग सिफारिस समिति तथा सांसदमाथि नै निष्पक्षताको प्रश्न उठाउनुभएको समितिका सदस्य रेखा शर्माले जानकारी दिइन् । राणाको भनाइ उद्धृत गर्दै उनले भनिन्, “आफूविरूद्ध महाभियोग प्रस्ताव गर्ने सांसद नै समितिमा रहेका छन्, यस्तो भएपछि कसरी निष्पक्षता हुन्छ ?”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here