लगातारको जितपछि भारत एसिया कप क्रिकेटको सुपर फोरमा

0
212

काठमाडौँ- लागतार दोस्रो जित निकाल्दै भारत युएईमा जारी एसिया कप क्रिकेटको सुपर फोरमा पुगेको छ । दुबईमा बुधबार राति हङकङलाई ४० रनले हराउँदै भारतले सुपर फोरमा पुगेको हो ।

पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो। भारतले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ बनाउन सक्यो । उसका लागि बाबर हायातले ३५ बलमा ३१ तथा किन्चित शाहले २८ बलमा ३० रन बनाए ।

जिशन अलिले १७ बलमा अविजित २६ रन तथा अजाज खानले १४ रन बनाए। स्कट म्याकिन्चीनीले ८ बलमा अविजित १६ रन तथा कप्तान निजाकत खानले १० तथा यासिम मुर्ताजाले ९ रन बनाए ।

भारतका लागि भुवनेश्वर कुमार, आबेश खान,रविन्द्र जडेजा र अर्शदिप सिंहले समान १/१ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट १ सय ९२ रन बनायो । भारतका लागि सुर्यकुमार यादव र विराट कोहलीले अविजित अर्धशतक बनाए । यादवले २६ बलमा ६८ तथा कोहलीले ४४ बलमा ५९ रन बनाए । केएल राहुलले ३६ तथा रोहित शर्माले २१ रन बनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here