पाकिस्तानमा बाढीले तीन करोड ३० लाख मानिस प्रभावित

0
213
तस्वीर : AFP

एजेन्सी- पाकिस्तानमा विनाशकारी बाढीले तीन करोड ३० लाख मानिस प्रभावित भएका छन् । त्यसमध्ये ६४ लाखभन्दा बढीलाई मानवीय सहायताको खाँचो रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पाकिस्तानमा बाढीले विध्वंस मच्चाइरहेका बेला पाकिस्तान सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको छ । ६६ जिल्लालाई ‘विपत्तिग्रस्त’ क्षेत्र घोषणा गरेको छ । करिब ३५० बालबालिकासहित एक हजार १०० भन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यस्तै एक हजार ६०० भन्दा बढी मानिस घाइते भएका छन् भने दुई  लाख ८७ हजारभन्दा बढी घरहरू पूर्ण रूपमा नष्ट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यसबाहेक, करिब सात लाख ३५ हजार भन्दा बढी पशुपंक्षी नष्ट भएका छन् भने २० लाख एकड जमिनमा लगाइएको बालीनालीमा प्रतिकूल असर परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here