धर्मगुरूको सन्यासपछि इराकमा भड्कियो हिंसा

0
204
तस्वीर : एएफपी

एजेन्सी- इराकमा एकजना प्रभावशाली शिया धर्मगुरुले राजनीतिबाट सन्न्यास लिने घोषणा गरेपछि राजधानी बग्दादमा हिंसा भड्किएको छ ।

शिया धर्मगुरु एवम् इराकी राजनीतिमा निकै प्रभावशाली मानिने मोक्तदा अल सदरले राजनीतिबाट सन्न्यास लिने घोषणा गरेपछि हिंसात्मक प्रदर्शन भएका हुन् ।

सो क्रममा उनका अनुयायी एवम् समर्थक र सुरक्षा बलबीच भएको झडपमा २४ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । झडपमा दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here