सर्वोच्चले बालेनसँग माग्यो अपहेलना मुद्दामा जवाफ

0
208

काठमाडौँ- सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई अपहेलना मुद्दामा सात दिनभित्र जवाफ दिन आदेश दिएको छ ।

अधिवक्ता दीपकराज जोशी र दामोदर तिमिल्सिनाको बहस पछि इजलासबाट कारण देखाउ आदेश जारी भएको हो । न्यायाधीश हरिकृष्ण कार्कीको इजालासले बालेनलाई सर्वोच्चले सात दिनभित्र लिखित जवाफ दिन भनेको छ ।

आदेशमा भनिएको छ,  “निवेदन मागबमोजिम अवहेलनामा सजाय किन नहुनु पर्ने हो ? सोको आधार, कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक सात दिनभित्र आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्ने भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीका नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नू।”

नक्सापास नगरी नर्भिक अस्पतालले अवैध संरचना बनाएको र सरकारी जग्गा अनधिकृत रूपमा प्रयोग गरिरहेको भन्दै महानगरपालिकाले संरचना हटाउन निर्देशन दिएको थियो । त्यसविरुद्ध नर्भिकले हालेको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएपछि बालेनले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here