दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिन ४३ हजार सङ्क्रमित

0
215
तस्वीर : एपी

एजेन्सी- दक्षिण कोरियामा कोरोना भाइरसले एकैदिन ४३ हजार सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४३ हजार एक सय ४२ जना सङ्क्रमित भएका हुन् । 

योसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिले सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड तीस लाख २६ हजार नौ सय ६० पुगेको छ ।

सङ्क्रमित अवस्थामै रहेका मध्ये  पाँच सय ९७ जना गम्भीर अवस्थामा रहेका छन् । ती मध्ये १६ जना पछिल्लो एक दिनमा थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४९ जनाको मृत्यु भएको छ । योसँगै दक्षिण कोरियामा कोरोनाका कारण अहिलेसम्म २६ हजार छ सय १८ जनाको मृत्यु भएको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here