राष्ट्रपति-प्रधानमन्त्री भेट :  नागरिकता विधेयकबारे छलफल

0
214

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस पदाधिकारीसँगको भेटवार्तामा नागरिकता विधेयकबारे छलफल भएको छ ।

सोमबार प्रधानमन्त्री देउवासहित सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले राष्ट्रपतिसँग गरेको संयुक्त भेटवार्तामा नागरिकता विधेयकबारे छलफल भएको जनाइएको छ ।

‘नागरिकता विधेयकका विषयमा राष्ट्रपतिजी ले केही जिज्ञासाहरू राख्नुभएको थियो । निर्वाचनको तयारीलगायत विषयहरूमा कुराकानी भयो’, सञ्चारमन्त्री कार्कीले भने ।

नागरिकता विधेयक कुनै छलफलनै नगरी प्रतिनिधिसभामाबाट जस्ताको तस्तै पारित भएपछि राष्ट्रपति सरकारसँग असन्तुष्ट छिन् ।

राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि संघीय संसद्मा फिर्ता गरेको नागरिकता विधेयकलाई राष्ट्रिय सभाले संसदीय समितिमा पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here