खस्कियो नेपालको टी-ट्वान्टी वरीयता

0
361
फाइल तस्वीर

काठमाडौँ- नेपालको टी-ट्वान्टी वरीयता खस्किएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी-ट्वान्टी वरीयता एक स्थान घटेको हो ।

नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा झरेको छ । अघिल्लो वरीयतामा नेपाल १४ औं स्थानमा रहेको थियो । वरीयता घटेसँगै नेपालले सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी-ट्वान्टी विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ ।

सन् २०२४ को टी-ट्वान्टी विश्वकपमा वरियताको शीर्ष १२ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन् । एकदिवसीयमा नेपाल १९ औं स्थानमा रहेको छ।

टी-ट्वान्टीको नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ । इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here