साहित्य परिषद् भुटानले साहित्यकार प्रकाश आङ्देम्बेलाई ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’ बाट पुरस्कृत गर्ने

0
398

भदौ १२/
साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई साहित्य परिषद् भुटानले ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने भएको छ । एक विज्ञप्ती जारी गर्दै ५० हजार १ रूपैयाँ राशीको सो पुरस्कार आङ्देम्बेलाई प्रदान गर्ने निर्णय भएको सचिब खेम रिजालले जानकारी दिनुभयो ।
साहित्य परिषद् भुटानले आङ्देम्बेलाई पुरस्कार प्रदान गर्ने निर्णय सहितको विज्ञप्तीमा उहाँका योगदानलाई पनि उल्लेख गरिएको छ ।
“जुनबोला शरणार्थीहरुलाई स्थानीयहरुले अनेक बहानामा लाञ्छना लगाउने अनि अपमानपूर्ण र तिरस्कृत दृष्टिले हेरेको समयमा सिर्जनाका माध्यमबाट भुटानी समाजलाई नेपाली समाजसँग जोड्ने कृयाशिल हुनुहुन्थ्यो । तपाईकै लेखन तथा निर्देशनमा भुटानीहरुसंग सम्बन्धीत चलचित्र ‘देश खोज्दै जादा’ समेत बनेको छ ।’’ बिज्ञप्तिमा भनिएको छ । “एउटा कहालीलाग्दो समयमा रुमल्लिरहेका भुटानी नवप्रवेशी लेखकहरुका आसा, भरोषाका केन्द्र तथा साहित्य साधकको रुपमा चित्रण गर्दै परिषद्ले साहित्यकार आङ्देम्बेलाई ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको’ भनी विज्ञप्तीमा उल्लेख गरेको छ ।’
‘प्रकाश आङ्देम्बे, त्यो ब्याक्ति हो जसले शरणार्थी शिविरको एउटा घोर निराशाजन्य अवस्थामा थुप्रै युवायुवतीहरुलाई साहित्यको, सिर्जनाको नयाँ संसारतिर डोर्याउन अभिप्रेरित ग¥यो ।’’ परिषद् अध्यक्ष गंगा लामिटारे र सचिव खेम रिजालद्धरा जारी बिज्ञप्तीमा लेखिएको छ ।
आङ्देम्बेले पुरस्कार दिने निर्णयप्रती सामाजिक सञ्जाल फेसबुक मार्फत ‘पुरस्कार’ नभई ‘प्रेम’ सम्झेर ग्रहण गर्ने जनाउनु भएको छ ।
परिषद्ले भदौ २३ गतेका दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सम्मान तथा कृति समीक्षा कार्यक्रममा पुरस्कार प्रदान गर्ने बिज्ञप्तीमा जानकारी दिएको छ ।
भुटानी शरणार्थी युवा पुस्तामाझ साहित्य, कलाको योगदानमा अनवरत लागिरहेका आङ्देम्बे भुटानी स्रष्टा र नेपाली स्रष्टाबीच सम्बन्ध स्थापित गर्ने मध्येका प्रमुख पात्र मानिनु हुन्छ । उहाँका हिजोआज गजल संग्रह, ग्यास च्याम्बरमा बुद्ध रुबाइ संग्रह, वेश्यासँग बिताएको साँझ कथा संग्रह, सृष्टि प्रलयको संघारमा नाटक, प्रकाश आङ्देम्बेका रूबाइयात, म एउटा बिहान हिँडिरहेछु कविता संग्रह प्रकाशित छन् । त्यस्तै उहाँ भुटानी शरणार्थी बारे निर्माण गरिएको चलचित्र देश खोज्दै जाँदाको लेखक तथा निर्देशक पनि हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here