एजेन्सी- फिफाले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) माथिको प्रतिबन्ध फुकुवा गरेको छ ।
योसँगै अक्टोबर ११ देखि ३० सम्म आयोजना हुने फिफा यू–१७ महिला विश्वकप २०२२ लाई पूर्वनिर्धारित कार्यक्रमअनुसार भारतमा आयोजना गर्ने बाटो पनि खुलेको छ ।
एआईएफएफलाई चुनाव गराउने दिशामा अपनाइने अर्को कदमहरूको सम्बन्धमा चाँडै नै थप पत्राचार गरिने फिफाले जनाएको छ ।