काठमाण्डूमा चार भूटानी स्रस्ट सम्मानित

0
307

अर्जुन प्रधान
प्रयास मञ्च नेपालले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पूर्वधावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझका अवसरमा ड्रुकअन्तर्राष्ट्रिय सितोरियो कराते डो संघका सञ्चालक रनबहादुर राईलाई ‘लाइफटाइम एचिभमेन्ट’ अवार्डबाट सम्मान गरेको छ । 


सनसाई राईले शरणाथर्ी शिबिरको स्थापनाकाल देखिनै युवाहरू बिच खेलकुद सम्बन्धि प्रशिक्षिण गर्दै आउनु भएको छ । र हालअमेरिकामा रहेर पनि अन्तराष्ट् मँचसम्म यूवाहरूलाई शिक्षा पुर्याईरहनु भएको छ । खेलकुद क्षेत्रबाट
सिंगापुर गोर्खा पुलिस रेजिमेन्टमा कार्यरत धावक निमेश गुरुङलाई ‘अन्तर्राष्ट्रिय खेलरत्न सम्मान’ बाट सम्मान गरेको पूर्वधावक बृद्धवीरलामाले जानकारी दिनुभएको छ । 
संगित तर्फबाट नेपाली भाषाका पहिला भूटानी गायक , संगितकार तथा गितकार प्रताप सुब्बा, हिमालीयन  आर्ट, लांग्विज एंड कल्चरल  एकडमिका सिईआो  गायक तथा संगितकार पुष्प गजमेर, बामाका अध्यक्षा तथा साहित्यकार खेम रिजाल, दार्जीलिंगबाट संगीत संयोजक जीवनप्रकाश प्रधानलाई सम्मान गरिएको थियो । 
सम्मनि भूटानी सर्जकहरूले “ छुट्टै चर्चा र सस्तो लोकप्रियता पछि नलागि निस्वर्थ मनले ईमानदरपूर्बक कर्म गरियो भनि त्यसको उचित सम्मान हुदोरहेछ भन्ने पूर्वधावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझले हामीलाई पुस्टि गरेको  सम्बदाता अर्जुनलाई बताएकाछन् ।

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ, ६० वर्षे धावक शम्भुप्रसाद दाहाल, ६७ वर्षे धावकपुष्पलाल श्रेष्ठ, पूर्वधाविका लिना प्रधान, धावक लाक्पा शेर्पा लामा, ओलम्पियन मुकुन्दहरि श्रेष्ठ, भेट्रान धावक धर्म महर्जन, पूर्वधाविकाउषा मानन्धर, धावक देव महर्जन र पूर्वखेलाडी नरबहादुर थापालाई  पूर्वप्रधानमन्त्री झलनाथ खनाल, ज्ञानोदय बालबाटिकाकी संस्थापकप्रिन्सिपल इन्दिरा याक्थुम्बा, पूर्वधावक एवं रचनाकार बुद्धवीर लामालगायतले सम्मान प्रदान गरे । 
उक्त कार्यक्रर्म प्रयास मञ्च नेपालले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पूर्वधावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझमा धेरैकलाकार, साहित्यकार, खेलप्रेमी र देशप्रेमीहरूको उपश्थिती देखिन्थयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here