ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाँदै एमाले

0
177

काठमाडौँ- अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै चुनावमा होमिने नेकपा एमालेले निर्णय गरेको छ ।

केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा जाने निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

यस्तै बैठकले समानुपातिक निर्वाचन पद्धतितर्फ एक पटक अवसर पाएकाहरुलाई नदोहोर्‍याउने नीति पनि लिएको छ ।

बैठकले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ ।

एमालेले पार्टीको नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता र निर्वाचन कानुन बमोजिमको योग्यतालाई छनोट मापदण्ड बनाएको छ ।

यी मापदण्ड पुगेकामध्येबाट २२ भदौभित्र एक महिला अनिवार्य गर्दै तीन जनाको नाम सिफारिस गरिसक्न पार्टीका तल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।

स्थानीय वा कुनै पनि तह (राष्ट्रियसभा) का जनप्रितिनिधिलाई राजीनामा गराएर प्रदेश वा प्रतिनिधिसभाको उम्मेदवार सिफारिस नगर्न पनि तल्ला कमिटीलाई सर्कुलर गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here