काठमाडौँ- नेकपा (एमाले) को केन्द्रीय कमिटी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र आसन्न निर्वाचनमा उम्मेदवार चयनको प्रस्तावित मापदण्डमा विभिन्न नौ समूहले छलफल थालेका छन् ।
समूहगत छलफलबाट प्राप्त सुझावका आधारमा टोली नेताले गरेको प्रस्तुतिमाथि अध्यक्ष ओलीले अर्को बैठकमा जवाफ दिएपछि प्रतिवेदन पारित हुनेछ ।