सत्तारूढ गठबन्धनले तय गर्‍यो सिट बाडफाँटको मोडालिटी

0
173

काठमाडौँ- सत्तारुढ गठबन्धनले चुनावी तालमेलको खाका तय गरेको छ । तथापि यसलाई अन्तिम रूप दिन बाँकी रहेको नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

दलहरूबीच केन्द्रको सिट नपाउँदा अर्को दललाई प्रदेशको दिने गरि सहमति जुटेको उनले बताए । ‘संघको निर्वाचन क्षेत्र एउटा पार्टीले पाएमा प्रदेश अर्कोलाई छाड्ने खालको मोडालिटीमा समझदारी भएको छ । सबैलाई बढी जितौं भन्ने आकांक्षा छ । त्यसैले दाबीहरु बढी नै हुन सक्छन् । त्यसलाई व्यवहारिक र अब्जेक्टिभ हिसाबले प्रतिवेदन तयार गरेर नेतृत्वलाई बुझाउने छौं’, कार्कीले भने ।

गठबन्धन चुनावपछिसम्म कायम रहने गरि सबैको साझा अवधारणा बनाएर अघि बढ्ने कोसिस पनि भइरहेको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here