अमेरिकी प्रथम महिला बाइडेनलाई कोरोना भाइरसको संक्रमण

0
229

एजेन्सी-अमेरिकी प्रथम महिला जिल बाइडेनलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

उनकी सञ्चार उपनिर्देशक केल्सी डोनोहुएले जारी गरेको वक्तव्यअनुसार बाइडेनलाई बुधबार सङ्क्रमणको पुष्टि भएको हो ।

नियमित परीक्षणका क्रममा गत मङ्गलवार भने उनलाई सङ्क्रमण देखिएको थिएन ।  यसअघि राष्ट्रपति जो बाइडेनलाई पनि अघिल्लो बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here