नेपाल-केन्या टी-ट्वान्टी सिरिज, नेपालको विजयी शुरूवात

0
182
फाइल तस्वीर

काठमाडौँ- केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजमा नेपालले विजयी शुरूवात गरेको छ ।

पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालले केन्यालाई ५ विकेटले हराएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको हो ।

केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर १ सय ३३ रन जोड्दै पूरा गर्‍यो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । यस्तै आरिफ शेखले अविजित २४ रन जोडे ।  ज्ञानेन्द्र मल्लले २३ रन जोड्दा आसिफ शेखले १९ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए । लुकास ओलुओचले अविजित ३० रन जोडे ।

नेपालका सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । आदील अन्सारी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए । अब नेपालले भोलि शुक्रबार दोस्रो टी-ट्वान्टी खेल खेल्नेछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here