निलम्बनमा परेको ६ महिनापछि प्रधानन्यायाधीश राणालाई बयानमा डाकिँदै

0
434

काठमाडौँ- निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग सिफारिस समितिले बयानका लागि बोलाउने भएको छ ।

समितिको बुधबार बसेको बैठकले जबरालाई भदौ १५ गते ११ बजे बयानका लागि बोलाउने निर्णय गरेको समिति सभापति रामबहादुर विष्टले जानकारी दिए ।

समितिले भदौ २९ भित्र जबराको महाअभियोगबारे अध्ययन टुंग्याउने प्रस्ताव गरेको छ ।  समितिले भदौ १८ वा १९ गते प्रतिनिधिसभामा महाभियोग समितिको प्रतिवेदन पेस गर्ने कार्यतालिका बनाएको छ ।

न्यायालयमा भ्रष्टाचार, जेठानलाई मन्त्री बनाउन भाग खोजेकोजस्तो आरोप लगाउँदै सत्तारूढ गठबन्धनले गत फागनुमा जबराविरूद्ध महाअभियोग दर्ता गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here