अल्फाबिटामा डोजर लाएपछि बालेनको प्रश्न- मैले के बिराएँ ?

0
218

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना पनि भत्काएको छ ।

नक्सा पासबिना बनाइएका अवैध संरचना हटाउँने अभियान थालेको महानगरले आज बिहीबार अल्फाबिटाको बेस हटाएका हुन् । ३५ दिने सूचनाको अवधि सकिँदा पनि अल्फाबिटाले अवैध संरचना नभत्काएपछि मेयर बालेनकै नेतृत्वमा गएको टोलीले अल्फाबिटाको अवैध संरचना भत्काएको हो ।

बिहीबार बिहान अल्फाबिटाका प्रतिनिधिले दाबी गरिएको जस्तो वैध संरचना नरहेको पुष्टि गर्ने कागजात बोकेर मेयर बालेन डोजरसहित अल्फाबिटा पुगे ।  घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगेको महानगर टोलीले अवैध संरचना भत्काएको हो ।

अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना भत्काएर आफूले के बिराएँ भन्दै बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।

अल्फाबिटा कम्प्लेक्सका प्रतिनिधिले नक्सा मागेपछि आफू नक्सासहित पुगेर बनेका अवैध संरचना भत्काएको भन्दै बालेनले भने, ‘ उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ?

अवैध संरचना भत्काउन सबैलाई आग्रह गरेका बालेनले लेखेका छन्, ‘अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफैँ बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइ दिनुहोला ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here