कतारमा आप्रवासी कामदारमाथि ज्यादती : श्रमशोषणपछि देश निकाला

0
166

एजेन्सी- कतारमा आप्रवासी कामदारमाथि ज्यादती भएको छ ।

नोभेम्बर हुने विश्वकप फुटबलको तीब्र तयारीमा जुटेको कतारले ज्याला नपाएका आप्रवासी कामदारलाई देशबाट नै निकाला गरेको छ।

निर्माण कम्पनी अल बन्दारी इन्टर्न्याशनल ग्रुपको दोहास्थित कार्यालय अगाडि अगस्ट १४ मा ६० जना कामदारहरूले ज्याला नपाएको भन्दै र्‍याली गरेपछि कतारले उनीहरूलाई देशबाट नै निकाला गरिदिएको हो ।

सात महिनादेखि ज्याला नपाएको भन्दै आन्दोलित भएका उनीहरूमध्ये केहीलाई असुरक्षा सृजना गरेको भन्दै पक्राउ गरिएको छ भने केहीलाई देशबाट निकाला गरिएको बीबीसीले उल्लेख गरेको छ ।

देशबाट निकाला भएकाहरू नेपाल, बाङ्ग्लादेश, भारत, इजिप्ट र फिलिपिन्सका कामदार रहेको इक्वीडेम नामक मानवअधिकारवादी संस्थाले उल्लेख गरेको छ । उनीहरूलाई कतारको ‘सुरक्षा कानुन तोडेको’ आरोप लगाइएको छ।

सन् २०१० मा कतारले विश्वकप फुटबल आयोजनाको अधिकार पाए यता रङ्गशाला तथा अन्य पूर्वाधार निर्माण गर्दै आएको छ । त्यसक्रममा  आप्रवासी श्रमिकहरूको श्रम शोषण भएको भन्दै चर्को विरोध हुँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here