अमेरिकामा सम्पन्न बृहत् अन्तर्राष्टिय सिर्जनात्मक अनुष्ठानमा विभिन्न साहित्यिक पुस्तक लोकार्पित

0
354

साउन २६/
अमेरिकाको पेन्सिलभेनिया राज्यको हृयारिसवर्ग सहरमा भुटानी नेपाली सर्जकहरुको आयोजनामा बृहत् अन्तर्राष्टिय सिर्जनात्मक अनुष्ठान सम्पन्न भएको छ । विश्व भूटानी साहित्य संगठन (जिविएलओ) को आयोजनामा नेपाल, भारत, नेदरल्यान्ड, बेलायत, न्यूजिल्यान्ड, अस्ट्रेलिया, नोर्वे लगायतका देशहरुबाट ४ सय भन्दा धेरै नेपालीभाषी सहभागी भएको कार्यक्रममा विभिन्न सहित्यकारहरुको साहित्यिक कृतिहरुको विमोचन गरिएको थियो । 
समारोहमा कवि धर्मेन्द्र तिम्सिना ‘क्षितिज’को ‘आवाजहरुको जुलुस’, प्रदीप गुरुङको गजलसंग्रह ‘बोल्ने ढुंगा’, सोनम तेन्जिङको ‘द मिसजज् (THE MISJUDGE)’ पुस्तक, गोपाल पौडेलको बाल उपन्यास ‘माछाहरुको सहर’, सविन शर्माको गजलसंग्रह ‘ऐनाअघि उभिएर’, ज्ञानबहादुर क्षेत्रीको ‘मेरो न्यूजिल्यान्ड यात्रा’ पुस्तकको विमोचन गरिएको थियो भने स्रष्टा केशब बैरागी माईलोको १८ भाषामा लेखेको गीत जन्मभूमि नेपालको लिरिकल भिडियोसहित गीत सार्वजनिक गरिएको थियो । कृतिहरुको कार्यक्रमका प्रमुख अतिथि भारत सिक्किमका पुर्व मुख्यमन्त्री पवन चाम्लिङका साथै र विशिष्ट अतिथि प्राध्यापक डा. गोविन्दराज भट्टराईले विमोचन गर्नु भएको थियो । 
विश्व भुटानी साहित्य संगठनको आयोजनामा जुलाइ ३१ मा सम्पन्न तीन दिने अनुष्ठानलाई आफ्नो भाषा, साहित्य-संस्कृति र माटोबाट बिमुख बनेर लखेटिएका भूटानीले प्रवासमा बसेर पनि आफ्नो पहिचान खोज्ने प्रयत्नमा गरिएको आयोजना संस्थाका अध्यक्ष कणर् गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा ‘बसाइँ’ नाम चर्चित उपन्यासका लेखक भारतको असम निवासी वरिष्ठ साहित्यकार लीलबहादुर क्षत्रीलाई ६ लाख रुपैयाँ राशीको ‘स्वीकारोक्ति आजीवन सिद्धि पुरस्कार’ प्रदान गरिएको थियो । वयोवृद्ध लेखक क्षत्री कार्यक्रममा अनुपस्थिति रहे पनि यो पुरस्कार सम्मान असम, गुवाहटी लगेर दिइने संगठनका संरक्षक डेन्जोम साम्पाङले बताउनु भयो । यस्तै, साहित्यकार महेश दाहाललाई २ हजार १ डलर राशीको ‘विभूसास दिनेश चाम्लिङ स्मृति युवा प्रतिभा पुरस्कार’ प्रदान गरिएको थियो ।
समारोहमा भारतको सिक्किम विश्वविद्यालयको भाषा तथा साहित्य विभागका डिन प्राध्यापक कविता लामाले ‘नेपाली साहित्य लेखनको स्थिति र वैश्वीकरणको प्रयासमा भारतीय नेपाली अनि पुनर्वासित भूटानीहरु’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यसैगरी, लेखक मधुमाधुर्य श्रेष्ठ, विन्ध्या सुब्बा (दार्जीलिङ), बिजय हितान (लन्डन), गोविन्दराज भट्टराई र कृष्ण धरावासी (काठमाडौं) लगायतले नेपाली भाषा‐साहित्यको बदलिँदो स्वरुपबारेमा कार्यपत्रसहितका मन्तव्य राख्नु भएको थियो । कार्यपत्रमाथि विषयगतरुपमा कवि गोविन्द गिरी प्रेरणा, अन्जना भट्टराई, डा. बिष्णु माया देवी परियार, प्रदीप थापा परियारसहितले मन्तव्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here